स्वर्गयात्रीहरुको साझा चौतारी
श्री स्वामी वाल तपस्वी सत्गुरू ॐनन्द सुप्रिम मास्टर गड्यान्जलज्यूबाट सत्य, प्रेम र शान्तिको बिषयमा प्रवचन
0
His Holiness Supreme Master Godangel is visiting Hong Kong

श्री स्वामी वाल तपस्वी सत्गुरू ॐनन्द सुप्रिम मास्टर गड्यान्जलज्यूबाट सत्य, प्रेम र शान्तिको बिषयमा प्रवचनश्री स्वामी वाल तपस्वी सत्गुरू ॐनन्द सुप्रिम मास्टर गड्यान्जलज्यूबाट बुद्ध जयन्तिको दिन प्रस्थान गरी २०६८ जेष्ठ ६ गते 20 May बिहानको ४स्३३ बजे धर्तिको शिर सर्बोच्च शिखर ९चोमोलुङ्मा० सगरमाथाको चुचुरामा पाईला राख्नु भयो । ३२ घण्टा २७ मिनेट चुचुरामै रहनुभएको अवधिभित्र सत्य, प्रेम र शान्तिको खातिर जीवन र मृत्युको संघारमा उभिएर विश्व ब्रम्हाण्ड र सारा प्राणी जगतको कल्याणार्थ २७ घण्टा सम्म लामो अनि कठोर तपस्या सम्पन्न गरी विश्व इतिहासमै नौलो र अचम्मको वीरगाथाको अभिलेख रच्नु भयो । अतः देहाय बमोजिमका विश्व कीर्तिमानहरूको गाथा गुरूहजुरबाट कायम भयो । विश्व इतिहासमै सवै भन्दा लामो समय ३२ घण्टा २७ मिनेट सम्म सगरमाथाको चुचुरामा, चुचुरामै रही विश्वमानव र सारा प्राणी जगतको कल्याणार्थ २७ घण्टा निरन्तर तपस्या, विश्व इतिहासमै पहिलो पल्ट चोमोलुङको चुचुरामा करुणामयी आध्यात्मिक गुरूको पाईला तथा शान्तिको सन्देश, ८,८४८ मिटर उचाई बाट ५,३०० मिटरमा ९बेस क्याम्पमा० ६ घण्टामै अवतरण, ३२ घण्टा २७ मिनेटको अवधिभित्र केवल ११ घण्टामात्र अक्सीजनको प्रयोग, विश्वकै इतिहासमा पहिलो पल्ट हेभेन्लीरनिर्वाणा पाथको झण्डाः निर्वाणा अनि शान्तिको यात्रा गरौ भनि सम्पूर्ण विश्व मानवलाई अनुरोध गर्दै, विश्वकै इतिहासमा पहिलो पल्ट संयुक्त राष्ट्र संघको झण्डाः सबै मानव अधिकारलाई सम्मान र पालना गरियोस भनि अनुरोध गर्दै, प्रेमवादको झण्डाः सबै प्रेममा जिऔं र जीउन मद्दत गरौ भनी अनुरोध गर्दै, भगवान गौतम बुद्धको फोटो तथा सन्देश अंकीत झण्डाः बुद्धबाट भएको शान्ति सन्देशलाई पालना गरौं भनी अनुरोध गर्दै, राष्ट्रिय झण्डाः सगरमाथाको चुचुरामा करुणामयी आध्यात्मिक गुरूबाट पहिलो पल्ट फरफराई जिम्मेवार व्यक्तीहरूलाई आफ्नो मातृभुमिको लागि सत्यवान, प्रेमिलो र ईमान्दारी हुन र राष्ट्र शान्तिको अनुरोध गर्दै यी झण्डाहरू शिखरमा फहराई राख्नु भयो । गुरूहजुरको यो महान प्रेरणादायी, साहासिक र करूणामयी कार्यको सु-अवसरमा खुशी र गौरवको साथ उच्च रूपमा सम्मान गर्ने कार्यक्रम तय भएको र कार्यक्रमको दोस्रो भागमा श्री स्वामी वाल तपस्वी सत्गुरू ॐनन्द सुप्रिम मास्टर गड्यान्जलज्यूबाट सत्य, प्रेम र शान्तिको बिषयमा प्रवचन दिनुहुने भएकोले बृहत जनसहभागिताको लागि सम्पूर्ण हङकङ बासीहरुलाई जोडदार आव्हान गर्दछौं ।
कार्यक्रमको बिवरणः
Date: 13 September 2011
Time: 13:00 – 21:00
Venue: CHOMOLONGMA MULTICULTURAL COMMUNITY CENTER, WING NING TUEN, YUNG YUEN ROAD. PING SHAN YUEN LONG, N.T.
नोटः केटाकेटी र असक्तहरुको लागी युनलङ्ग प्लाजा पछाडि वस टर्मिनसको छेउमा गाडिको व्यवस्था छ ।
आयोजकः
हेभेन्ली पाथ हङकङ
सम्पर्कः 28826324, 92851569, 62785342, 97162425, 63400835, 51325276, 60642055
Heavenly path परिचय
0
बिभिन्न धर्म, दर्शन, संस्कार, ज्ञान र विचारधाराहरूले विभाजित मानिसहरूलाई एकताको सुत्रमा उनेर विश्वमा समानता, भातृत्व र शान्ति स्थापना गर्ने उद्देश्यले लेपालमा सुरु गरिएको स्वर्गिक मार्गका सूत्रधार परमगुरु गइएञ्जलज्यू हुनुहुन्छ । आ स्वर्गिक मार्ग विश्वका सम्पूर्ण दर्शनहरूको सार हुनाले यो सबै मानिसहरूको साझा मार्ग हो । यसभित्र धार्मिक र आध्यात्मिक दर्शनको समीकरण मात्र छैन भौतिक दर्शनलाई पनि उचित ठाउ दिइएको छ । एक पक्षीय दर्शनले मानिसहरूलाई एकीकृत गराउन नसक्ने हुनाले स्वर्गिक मार्ग सर्वोत्तम मार्गका रूपमा अगाडि आएको छ । एउटै ईश्वरलाई ब्रहमाण्डको सृष्टिकर्ता मान्नु र परम प्रधान परमेश्वर अथवा परम प्रभुको रूपमा पूजा आराधना गर्नु स्वर्गिक मार्गीय दर्शनको बिशेषता हो । मूर्तिपूजा, प्राकृतिक थोकहरू जस्तै नदी , खोला सूर्य, चन्द्र, तारा आदिको पूजा जस्ता कार्यहरूलाई यस दर्शनले भ्रम मात्र ठान्द छ । स्वर्गिक मार्गीय दर्शनको स्रोत पवित्र ग्रन्थ ँनिशुई स्वर्गिक मार्ग सबै किसिमका विभेदहरूको विरुद्धमा छ । जातजाति, वर्ग, लिङ्ग सम्प्रदाय, धर्म, संस्कार , विचारधारा आदिका आधारमा विश्वका मानिसहरू विभाजित भएकै कारण विश्वमा द्धन्द्ध, हिंसा र विश्रृङ्खलता बढ्दो छ । यो स्थितिको अन्त्यका लागि उपायहरू पनि नखोजिएका होइनन तर जे जस्ता उपायहरू अपनाइए ती आफैमा अपूर्ण सावित भए । कतिपय उपायहरू त आफै विभेदको कारण समेत बन्न पुगे । यही पक्षलाई दृष्टिगत गरी स्वर्गिक मार्गले ँप्रेमवाद यसरी स्वर्गिक मार्गले आफूलाई सवै प्रकारका बिचार, दर्शन, सम्प्रदायलाई अटाउन सक्ने मार्गको रूपमा उभ्याएको छ । वास्तवमा यो सम्पूर्ण दार्शनिक एवं वैचारिक मार्गहरू मिसिने फराकिलो राजमार्ग हो । यस मार्ग बाट यात्रा गर्ने हरेक ब्यक्तिले आफ्नो लक्ष्य सम्म पुग्न समर्थ हुन्छ । यहां आई पुगेपछि सवै प्रकारका विभाजक रेखाहरू मेटिन्छन् । एक अर्थमा यो स्वयम्मा समाधानको बाटो हो । किन भने यो बाटोहरूको बाटो हो । यसले आत्मसात गरेको दर्शनहरूको सार हुनाले स्वर्गिक मार्गलाई कुनै पनि किसिमको तर्कका अधारमा गलत सावित गर्न सकिन्न । अतः यो मूल्यको अमेद्य मोर्चा हो ।
- Heavenly path org
- प्रेमबाद परिचय
Tags : heavenly - path - परिचय
बिश्व हाँक्ने यो हाम्रो अभियान
0
बिश्व हाँक्ने यो हाम्रो अभियान हतियार बोकि होइन प्रेमले जितेर हाँस्ने यो हाम्रो दर्शन झगडा गरि होइन आगोको ज्वाला सहने हाम्रा पाउहरु शान्तिको सन्देश फैलाउने हाम्रा हातहरु अहंङ्कार छैन कसैप्रति, रिसराग छैन अरुप्रति लोभ लालचमा पर्दैनन यि आखाँहरु कसैको चित्त दुखाउदैनन् यि युद्धाहरु छलकपट छैन घृणा छैन कसैप्रतिरर जय प्रेम Angel Diwash Punam
मानब सृष्ट्रिकालदेखि
0
मानब सृष्ट्रिकालदेखि यता जनसख्यां बृद्धिसगैँ हामी मान्छेहरु एकअर्का बिच अनेकतामा बिभाजन हुदै आज जात जाति,भाषा भाषि मात्र नभएर जीउने जीवनशैलि नै आ आफ्नै किसिमले निर्धारण गरिसकेको यो परिप्रेक्षमा मानब सञ्जाल कहि कतै सोच बिचारहरु पनि साघुरिदै गइरहेको पाइन्छ। ता कि एक मानबले अर्को मानबप्रति गरिने जुन ब्यबहार तिब्र गतिमा स्वर्थिपनतिर ढल्कदै गइरहेको अवस्था तपाई हाम्रो आखाँ अगाडि छर्लङ्ग छ। यि नै बिकराल अवस्थाको माहुललाई नियाल्दै मानबताको नातालाई निरन्तरता सहि ढङ्गमा बचाइराख्नको निम्ति प्रेममय भावनाले भावनात्मक रुपमा एक अर्काबिच बुझ्नु आवश्यक छ ,भनेर भन्दा दुई मत नहोला जय प्रेम Angel Diwash Punam
Nepali guru does 32-hour miracle on Mt Everest
-1
|
Nepali guru does 32-hour miracle on Mt Everest
|
|||
KATHMANDU: A 30-year-old Nepali guru, believed by his followers to be a divine being with supernatural powers, has created a record in the spiritual world by meditating for 27hrs - on Mt Everest, the highest peak in the world.
Bhakta Kumar Rai, born in an ethnic community in a remote village in Udaypur district in eastern Nepal, transformed himself into "Supreme Master Godangel" after founding a sect, the Heavenly Path, when he was only 18. Rai's followers, who are scattered over Nepal, India, Hong Kong, Britain and Malaysia, regard him as an angel sent by God to earth to propagate peace, eradicate poverty and encourage self-healing. He is also credited by disciples with having performed miracles from an early age. The 30-year-old did create a miracle on Mt Everest, summiting the 8,848m peak on Friday and staying up for an incredible 32hrs, out of which he spent 27hrs meditating for world peace. He used oxygen only for 11 hours. It is an incredible feat that breaks the record of the longest stay on Mt Everest. |
प्रेश विज्ञप्ति
1
प्रेश विज्ञप्ति
परम गुरुहजूर सुप्रिम मास्टर गडएञ्जलज्यूको सगरमाथा आरोहण अभियान अन्ततोगत्वा कठिन मौसमका वावजूद पनि सफलतामा परिणत भएको छ । अंग्रेजी सम्वत आज मइ २० तारीख २०११ विहान नेपाल सरकार पर्यटन तथा नागरीक उड्यन मन्त्रालयले जारी गरेको प्रेस वक्तव्यका अनुसार सुप्रिम मास्टरज्यू ३ जना सहयोगी शेर्पा सहित नेपाली प्रभातकालिन समय ५ वजे सगरमाथाको चुचुरो ८८४८ मीटर उचाईमा पुग्नुभएको हो । सहयोगी शेर्पाहरु दानर्वु शेर्पा र कर्म ग्याल्जेन शेर्पा ५ वजे विहानै संगै शीखरमा पुग्नुभएको हो भने अर्का तेस्रो सहयोगी शेर्पा पूर्ण कुमार शेर्पा चाहिं विहान ७ वजे मात्र चुचुरोमा उक्लनुभएको हो ।
सगरमाथा शीखरमा परम गुरुहजूर सुप्रिम मास्टर गडएञ्जलज्यूले २७ घन्टा लामो समयसम्म रहेर विश्व शान्तिको लागी अनुरोध, प्रार्थना, मेडिटेसन गर्ने पूर्व घोषित कार्यक्रममा परेको छ । सोहि घोषणाको शीलशीला वमोजिम अहिले परम गुरुहजूर सुप्रिम मास्टर गडएञ्जलज्यू एक्लै शीखरमा तपस्यामा लीन हुनुहुन्छ भने ३ जना शेर्पाहरु ४ नम्वर शीवीरतर्फ फर्किएका छन् । ज्ञातव्य रहोस, सगरमाथा शीखरमा २७ घन्टा लामो समयसम्म निरन्तर रहेर ध्यान तपस्या वा कुनै क्रियाकलाप गरिएको यो इतिहासमा पहिलो पटक हो । परम गुरुहजूर सुप्रिम मास्टर गडएञ्जलज्यूको आरोहण, प्रार्थना मेडिटेसन सफल होस भनि संसार भरका स्वर्गयात्रीहरु अहिले प्रार्थना भवन ९सेमिचोङ०मा जम्मा भई भजन गाउने प्रार्थना गर्ने क्रममा अनुवन्धित भएका छन् । कोही कोही स्वर्गयात्रीहरुले भने घरमा नै रहि यो उपक्रम जारी राखेका छन् । यता हङकङमा भने आजको रात्रीलाई खुशीयालीको रात्री, सफलताको रात्री मानेर स्वर्गयात्रीहरुले प्रार्थना भवनमा दिपावली झैं द्धिप प्रज्वलन गरी भजन गायन, निशुई वाचन र प्रार्थना गरिरहेका छन् । परम गुरुहजूर सुप्रिम मास्टर गडएञ्जलज्यूको सगरमाथा शीखरमा महान ऐतिहासिक विश्व शान्तिको कामना, प्रार्थना तथा मेडिटेसनको अवधिभर वहांको सुस्वास्थको कामना गर्दै परम प्रभु समक्ष हेवन्लिपाथ हङकङका सम्पूर्ण यात्रीहरु कोटि कोटि प्रणाम गर्दछौं । जय प्रेम ।
सेवाङमी
0
सेवाङमी परम गुरुहजूर सुप्रिम मास्टर गडएञ्जलज्यू इस्वी सन २० मई २०११ विहान ५ वजेदेखि निरन्तर २७ घण्टा भन्दा लामो समयसम्म सगरमाथा शीखरमा विश्व शान्तिको कामना, प्रार्थना तथा मेडिटेसनको तपस्या सम्पन्न गर्नु भई २१ मई २०११ विहान आधार शीवीरमा ओर्लि सक्नु भएको छ । विस्तृत जानकारीको लागी यथाशीघ्र प्रेश वक्तव्य प्रसारण गरिने छ । सवै पाठक तथा यात्री जनहरुलाई प्रेश विज्ञप्तिको प्रतिक्षा गरिदिनहुन हार्दिक अनुरोध गर्दछौं ।
अमरवाणी
0
४.मानिसहरु सधै सुन्दर चिजहरुमा आकषिर्त हुन्छन् तर अधिकास ती खोक्रो अनि बोक्रो मात्र हुन्छन् । ५.देखोस् नदेखोस् यो वर्तमान भावी पिढीले देख्नेछन् लेखोस नलेखोस् यो वर्तमान भावी पिढीले लेख्नेछन् । ६.जहा असल दर्शन हुदैन , त्याहा ७. मानिसको जीवनको परिभाषा जन्मनु र मनर्मा मात्र अर्थपुर्ण छैन । ८.आत्माहत्या समस्याको समाधान होइन , अझ धेरै समस्या पैदा गनर् हो । ९. मानिसको सबै १०.कोही एउटा रोटी खाएर पनि सन्तुष्ट हुन्छन् भने कोही १० वटा रोटी खाएर पनि अझ अरुको रोटी खोस्ने चाल चलिरहेका हुन्छन् । ११. आध्यात्मिक गुरुहरु कमै होलान् जसमा स्वार्थ र १२. संसारमा अशान्ति बढ्नुको कारण जनसंख्याको चापभन्दा पनि असहनशिलता स्वार्थ र हिंसाभावनाले हो ।
गुरुहजुर, हेभेन्ली पाथले ईश्वर, धर्म, अध्यात्म, समाज, र संस्कारको छुट्टै
0
गुरुहजुर, हेभेन्ली पाथले ईश्वर, धर्म, अध्यात्म, समाज, र संस्कारको छुट्टै प्रकारले वर्णन गर्छ, तर हेभेन्ली पाथले नयाँ धर्म स्थापना गरेको छैन भनेर हामी कसरी भन्न सक्छौं रु - हेवेन्ली पाथले ईश्वर, धर्म आदिको व्याख्या दर्शनको आधारमा गर्छ जुन आध्यात्मिक रुपमा मात्रै सत्य नभई तार्किक रुपमा पनि सही छ । यसका साथै, हेभेन्ली पाथले गर्ने वर्णन मात्रै नौलो छ भन्ठान्नु पूर्ण रुपमा सही नभए पनि हेभेन्ली पाथले भिन्न र सही ढङ्गले व्याख्या गरेको छ । हुनसक्छ, कुनै धर्मशास्त्रहरूले माथि उल्लेखित विषयमा गरेको व्याख्या सही नै होला । त्यस्ता विषयहरुलाई हेभेन्ली पाथले थप मजबूत पारेको छ । उदाहरणको लागि, हिन्दू धर्ममा कृष्णका अनुसार, देवी-देवताहरूले मोक्ष पाउँदैनन् । यो भनाइ सत्य छ र यसलाई हेभेन्ली पाथले अझ जोड दिएको छ । त्यस्तै, इसाई धर्ममा भनिएको छ - ँआफूलाई जस्तै छिमेकिलाई प्रेम गर अनि मन, मष्तिस्क, आत्मा र शक्तिले ईश्वरको प्रेम गर । बाइबलको यो भनाइ पनि सत्य छ जसलाई हेभेन्ली पाथले थप महत्त्वका साथ अगाडि सारेको छ । यहाँ मैले प्रष्ट पार्न चाहेको के हो भने हेभेन्ली पाथले कुनै वस्तुको व्याख्या भिन्न तरिकाले गरेको छैन बरु सत्य छर्लङ्गिने गरी व्याख्या गरेको छ । हेभेन्ली पाथ कुनै धर्मको विरोधमा बिलकुलै छैन । तर यो शास्त्रहरूमा उल्लेख भएका सत्यहरु औंल्याउँदै तिनलाई आध्यात्मिक र भौतिक जीवनमा लागू गर्न मानिसहरुलाई प्रेरित गर्छ । यति भएपछि हेभेन्ली पाथले नयाँ धर्मलाई जन्म दिएको छैन भन्नेबारे व्याख्या गरिरहनु पर्दैन भन्ने विश्वास छ । बरु, यसले शास्त्रहरूको सारलाई जनसमक्ष ल्याएको छ । साभार स्वर्गिक सन्देश चैत्र १ - बैशाख ३१, २०६४र६५
धर्म र आध्यात्मिक क्षेत्रमा रहेका संभावित भिन्नताहरू के के हुन् ?
0
धर्म र आध्यात्मिक क्षेत्रमा रहेका संभावित भिन्नताहरू के के हुन् ? - धर्म कर्मकाण्डसहित आउँछ तर अध्यात्मले त्यसलाई प्राथमिकता दिँदैन । एकजना व्यक्ति आध्यात्मिक कार्य गरेर आध्यात्मिक बन्न सक्छ तर धर्ममा फरक हुन्छ । कुनै धर्मको धर्मावलम्बी हुनलाई त्यस धर्मका खास सिद्धान्तहरुप्रति प्रतिवद्ध हुनै पर्छ । हेभेन्ली पाथ धेरै हदसम्म ईश्वरीय आध्यात्मिक मार्गमा छ, धार्मिक होइन । केही मानिसहरू हेभेन्ली पाथसँग पूर्ण परिचित भैसकेका छैनन् र भन्लान्, हेभेन्ली पाथमा कर्मकाण्डहरु गरिन्छन् त्यसैले यो धर्म हो । तर, हामीलाई थाहा छ, हामीले कुनै कर्मकाण्ड गरिरहेका छैनौं हामी सर्वशक्तिमानको प्रार्थना मात्र गरिरहेका छौं । एक नाबालकको जन्म हुन्छ, हामी उनकै लागि प्रार्थना गर्दछौं । जब कसैको आत्मालाई प्रभुले उठाउनुहुन्छ हामी उनकै लागि प्रार्थना गर्छौं । प्रार्थनाका धेरै प्रयोजनहरु हुन्छन् । धर्म सामूहिक रुपमा आउँछ भने अध्यात्म व्यक्तिगत रुपमा । एक जना महान् आध्यात्मिक व्यक्तिले असल कार्य र ईश्वरप्रति आफ्नो जीवन समर्पित गर्छ । तर एकजना ठूलो धार्मिक व्यक्तिले आफ्नो जीवन धर्म र संस्कार आदिमा समर्पित गर्छ । एक धार्मिक ब्यक्तिले प्राय आफ्नै धर्ममा आवद्ध मानिसहरुको हितका लागि केही गर्नेबारे सोच्छ । तर, आध्यात्मिक क्षेत्रमा लागि आफू र अरुमा कुनै फरक हुँदैन । अध्यात्मबाट प्रेरित व्यक्तिले कुनै कार्य सही वा गलत के हो भन्ने निष्कर्ष आध्यात्मिक माध्यमबाटै स्वीकार्छ । जब कि धार्मिक व्यक्तिे आफ्नो धर्मग्रन्थको आधारमा मात्र निष्कर्षमा पुग्छ । धर्ममा विभिन्न संस्कार र संस्कृतिहरुले मानिसहरु बाँधिएका हुन्छन् । आध्यात्मिक व्यक्ति चाहिँ प्राविधिक रुपमा ती कुनै बन्धनमा बाँधिएको हुँदैन । जस्तै, एक मुस्लिम धर्मावलम्बी कुरानका वचनहरु कट्टरतापूर्वक पालना गर्छ र त्यही अनुसारको आचारण पनि गर्छ । आध्यात्मिक व्यक्ति यस्ता कुराहरूबाट स्वतन्त्र हुन्छन् । उसलाई मुश्लिम वा हिन्दू कसैको जस्तो आचारण गर्नुपर्ने बाध्यता हुँदैन ।
यदि धर्ममा भएका सवै खराव पक्ष सच्याउने हो भने के यसले मुक्ति
0
यदि धर्ममा भएका सवै खराव पक्ष सच्याउने हो भने के यसले मुक्ति स्वतन्त्रता र मोक्ष अनन्त जीवन को बाटो देखाउन सक्छ - हजुर, त्यस्ता नराम्रा पक्षलाई हटाउने हो भने धेरै राम्रो हुने थियो । तर, त्यहाँ केही अन्धविश्वासहरू छन्, जुन धर्महरुको अभिन्न अङ्ग भएर बसेका छन् । उदाहरणको लागि, अवतारवादप्रतिको विश्वास त्यति नराम्रो देखिंदैन यद्यपि यो अन्धविश्वास नै हो । अहिले अन्धविश्वासविनाको धर्म फेला पार्न गाह्रो छ । हो, धर्ममा भएको खराव पक्ष सुधारेर अन्धविश्वास हटाउने हो भने तिनले पनि मुक्ति र मोक्षको बाटो देखाउन सक्छन् ।
गुरुहजुर धर्महरूमा सबैभन्दा खराब पक्ष के के हुन् र त्यस पछाडिका कारणहरू के के हुन सक्छन्
0
गुरुहजुर धर्महरूमा सबैभन्दा खराब पक्ष के के हुन् र त्यस पछाडिका कारणहरू के के हुन सक्छन् - धर्महरूमा खराब पक्ष धेरै छन् । तर, खराबहरू मध्येका सबभन्दा खराब पक्षहरु यस प्रकार छन्स् - हरेक धर्मग्रन्थमा लेखिएको छ - मानव पूर्ण छैनन् र गल्ती गर्छन् । तर पनि धर्मावलम्बीहरू आफ्नै धर्म सत्य हो भनी दावी गर्छन् तर यथार्थ चाहिँ के हो भने उनीहरुको धर्म दर्शन सत्यताको कसीमा अत्यन्त कमजोर निस्कन्छ । उनीहरूको दावी यो पनि हुन्छ कि उनीहरू जे गर्छन् ती सवै सत्य हुन् । यो एक प्रकारको मूर्खता हो । के उनीहरूले शर्वशक्तिमानलाई चुनौति दिईरहेका हुन् रु उनीहरुको यस्तो मूर्खतापूर्ण दावीले अन्ततः समाजलाई वैरभावतिर लैजान्छ । - धर्महरुको अर्को खराव पक्ष हो - बिज्ञानलाई मान्यता नदिनु । उनीहरूका धर्मग्रन्थ विज्ञानको परिकल्पना भ्रूण अवस्थामा हुँदा लेखिएका हुन् । धर्मग्रन्थ लेखकले जे हुन्छ ईश्वसकै इच्छा अनुसार नै हुने गर्छ भन्ने मानेका छन् । उनीहरूको ग्रन्थमा बिज्ञान जस्तो विषय समेटिएका छैनन् । पानी किन वरफको रुपमा ठोस भएर जम्छ र उमाल्दा किन वाफको रुप लिन्छ रु यस्ता सामान्य वैज्ञानिक पक्षहरुको उत्तर उनीहरूको धर्म ग्रन्थले दिन सक्दैनन् । यो सत्य हो कि सबै कुरो ईश्वरको इच्छामा चल्छ तर हामी दावी गर्छौं त्यहाँ हरेकको पृथक व्याख्या छ । अनि त्यो व्याख्या विज्ञान बाहेक अरु केही होइन । - मान्छेको असल आचारणको रक्षार्थ यसो गरिएको उनीहरूको दावी छ तर त्यसबाट हाम्रो आचारण सर्वनास भैरहेको हामी देख्छौं । - कुनै समय यस्तो पनि थियो जुनबेला नारीहरुलाई पुरुषहरुभन्दा तल्लो स्तरको मानिन्थ्यो । यस्तो अमानवीय विभेदको कारण अरु केही नभएर तिनै खराब धर्मशास्त्रहरुबाट प्राप्त खराब शिक्षा नै हुन् ।
अमरवाणी
0
अमरवाणी हामी पृथ्वीभन्दा अकै ठाउामा समय बिताएर फरि हामी अकै ठाउामा फर्केर जान्छौ यसकारण पृथ्वी केवल पाहुनाघर मात्र हो हामी यहाबाट फर्केर अवश्यै जान्छौ । यसर्थ पाहुनाघरमा बिध्वंस मच्चाएर ,पाहुनाघरहरुलाई थिचोमिचो गरेर , शान देखाएर के प्राप्त हुन्छ र ? बरु आफनो ठाउामा फर्केर आउादा ऊ अति लज्जित हुनु पर्नेछ किनभने उसको नकरात्मकता चारैतिर फैलिसकेको हुन्छ अनि उसलाई ठुलो न्यायको भागिदार बनाइने छ । सुपि्म मास्टर गडएन्जल
अघि बढिरहनु ठीक कि फर्कनु ठीक
0
अघि बढिरहनु ठीक कि फर्कनु ठीक जीवनमा धेरै लामो यात्रापछि धेरै थकान हुन्छ । त्यस्तो अवस्थामा अघि बढ्ने व्यक्तिको सामु दुईवटा विकल्प हुन्छ - गर्ने अथवा छोडने अर्थात् अघि बढ्ने वा फर्कने । त्यतिबेला राम्रो चाहिँ विकल्प चुन्न सक्नुपर्छ । यदि छोड्दा वा फर्कंदा राम्रो छ भने त्यसै गर्नुपर्छ । तर अहिलेसम्म सफलताको सूत्र सिकाउने दार्शनिकहरूले खालि निरन्तरता दिने वा अगाडि बढ्ने विकल्प चुन्न मात्रै सिकाए । मानौं, कुनै व्यक्ति सगरमाथा आरोहण गर्न त्यसतर्फ लाग्यो रे । तर, सगरमाथा पुग्न लाग्दा उसले थाहा पायो रे कि कुनै एउटा गाउँमा ठूलो भूकम्प आयो । त्यस भूकम्पले धेरै घरहरू भत्कायो। धेरैको ज्यान गयो । कैयौं घाइते भए । यस्तो खबर सुनेपछि उसले सगरमाथा पुग्ने आफ्नो लक्ष्यमा निरन्तर अगाडि बढ्नु ठीक कि त्यो गाउँमा फर्कनु ठीक रु त्यहाँबाट फर्केर ऊ त्यो भूकम्पग्रस्त गाउँ गयो भने धेरै व्यक्तिलाई सहायता गर्नसक्छ । यस्तो अवस्थामा उसले फर्कनु नै ठीक होइन र रु अर्थात्, मानौं उसले सुन्यो रे कि ऊ सगरमाथा पुग्नेबित्तिकै सगरमाथा भत्किन्छ । यस्तो अवस्थामा पनि सगरमाथा नपुग्नु नै ठीक होइन र रु अर्थात् उसले बाटैमा थाहा पायो रे कि सगरमाथा त धेरैजना पुगिसकेका छन् त्यो भन्दा अर्को हिमाल छ जहाँ कोही पुगेका छैनन् र त्यहाँ पुग्दा सगरमाथा पुगेको भन्दा बढी प्रसिद्धि पाइन्छ भने सगरमाथा जानु छाडेर अर्कै हिमाल जानु उचित होइन र रु अवश्य पनि यस्ता अवस्थाहरूमा अगाडि बढ्नुभन्दा पछि फर्कनु नै उचित हुन्छ । यस्ता अन्य कैयौं अवस्थाहरू आउन सक्छन् जसले बिना सुझबुझ एकोहोरो अगाडि बढिरहनुभन्दा पछाडि फर्कनु वा बाटो परिवर्तन गर्नु नै ठीक हुन्छ । आफ्नो अवस्था र परिस्थितिको मागलाई ख्यालै नगरी अघि बढ्दा लक्ष्यमा पुग्नेभन्दा दुर्घटनामा पर्नुपर्ने संभावना बलियो हुन जान्छ ।
के राम्रो के नराम्रो
0
के राम्रो के नराम्रो जीवनमा थुप्रै कुराहरू आउन सक्छन् जो नराम्रा नहुन सक्छन् तर समाजले त्यसलाई नराम्रो भनेर मूल्याङ्कन गरिदिनसक्छ । समाज पुराना कुराहरूमै अभ्यस्त भएको हुन्छ, तिनैमा रमाइरहेको हुन्छ किनभने ती कुराहरू समाजका लागि बुझ्ने किसिमका र सजिला लाग्छन् । अनि कुनै नयाँ कुरा आउनासाथ त्यसलाई गहिराइबाट बुझेर ग्रहण गर्नुभन्दा विरोध गर्नु सजिलो हुन्छ र समाज त्यसै गर्छ । नयाँ कुरा सुरुमा एकै जनाबाट सुरु हुन्छ । त्यसैले सो कुरा राम्रो वा नराम्रो के हो भनेर छुट्याउने विवेक आफैसँग हुनुपर्छ । अरुले नराम्रो भनिदिँदैमा राम्रो कुरा नराम्रो हुँदैन अनि अरुले राम्रो भनिदिँदैमा नराम्रो कुरा पनि राम्रो हुँदैन । त्यसैले, आफूले गरेको कुरा राम्रो वा नराम्रो के हो सुरुमा आफैले सही रूपमा चिनेर राम्रो ठहरिए त्यसलाई अविचलित भई अङ्गाल्नुपर्छ । समाजले नराम्रो भन्दैमा आफूले राम्रो ठानेको कुरालाई साँच्चिकै नराम्रै हो कि भनेर शङ्का गर्नुहुँदैन ।
अल्छीपनलाई जित्ने उपाय
0
अल्छीपनलाई जित्ने उपाय अल्छीपनको पराकाष्टालाई जित्ने उपाय चाहिँ मन नहुँदानहुँदै झट्ट उठ्नु हो । त्यसरी उठेर काम गर्न थालेपछि ३ वटा फाइदा हुन्छ - स्वास्थ्य, चिन्ताबाट मुक्ति र सफलता । बिहान सबेरै उठ्दा स्वास्थ्य राम्रो हुने कुरा सबैलाई थाहै छ । स्वास्थ्य राम्रो भएपछि राम्ररी काम गर्न सकिन्छ जसले गर्दा सबैको प्रिय पनि भइन्छ । त्यसरी अरूको प्रिय बन्न सकेपछि चिन्ताहरू दूर हुन्छन् जसले मनलाई शान्ति दिन्छ । अनि स्वस्थ शरीर, शान्त मन भएपछि जुनसुकै काममा पनि सफलता पाइने सम्भावना हुन्छ । धेरै मान्छेलाई यही अल्छीपनले लडाएको छ तर यही अल्छीपनलाई लडाउनेहरू सफलताको शिखरमा पुगेको उदाहरण पाइन्छ ।
मान्छेको महत्त्व
0
मान्छेको महत्त्व मान्छेको महत्व तब हुन्छ जब ऊ स्वयमलाई महत्वको बनाउँदछ । त्यतिकै त केही कुराको पनि महत्त्व हुँदैन । घर बनाउन काम लाग्ने हुनाले ढुङ्गाको महत्त्व छ । बालीनाली रोप्न मिल्ने हुनाले माटोको महत्त्व छ । प्राणी र वनस्पतिको जीवन बचाउन अत्यावश्यक हुने हुनाले हावा र पानीको महत्त्व छ । गन्तव्यमा पुर्याउने हुनाले बाटोको महत्त्व छ । कहीँ नपुग्ने बाटोको त के अर्थ हुन्छ र रु मान्छेको सन्दर्भमा पनि यिनै कुरा लागू हुन्छन्। कोही व्यक्ति आफूलाई मान्छे हुँ त भन्छ तर ऊ कुनै काम पनि गर्दैन भने उसको कुनै महत्त्व हुँदैन। ऊ कसैको लागि पनि काम लाग्दैन बरू बोझ मात्र बन्छ । आफ्नो महत्त्व आफूले भनेर वा अरूले भनिदिएर मात्र हुँदैन, महत्त्व हुने काम गरेपछि मात्र हुन्छ । खानु, सुत्नु, उठ्नु, दगुर्नु जस्ता कार्यहरूले कुनै महत्त्व सृजना गर्दैन । त्यस्ता कार्यहरू मात्र महत्त्वका हुन्छन् जसले अरूलाई समेत मद्दत पुगोस्। अनि, यस्ता कार्यहरूले नै आफू स्वयम्लाई महत्त्वको बनाउन सकिन्छ । अन्य प्राणी तथा वनस्पतिहरू आ-आफ्ना महत्त्वका साथ अस्तित्वमा छन् तर मान्छे मात्रै यस्तो प्राणी हो जो आफ्नो कामले मात्र महत्त्वको हुनसक्छ । नत्र त मान्छे हाडमासुको थुप्रो मात्रै हो जसलाई बाघ, ब्वाँसो, हुँडार आदिले खाइरहनु पनि आवश्यक छैन किनभने जङ्गलमा उनीहरूलाई आहाराको कुनै कमी हुँदैन ।
प्रेम पाउन योग्य बन्नुहोस्
0
प्रेम पाउन योग्य बन्नुहोस् बच्चालाई माया गरिनुको सबैभन्दा ठूलो कारण बच्चाले अरूलाई नराम्रो भन्दैन अनि सबैसँग उत्तिकै कोमलता देखाउँछ । उसँग न कुनै स्वार्थ हुन्छ न त कुनै कपट । डाहा, ईष्र्या, आग्रह, लोभ-लालच केही हुँदैन । भोकतिर्खा लागे रोइदिन्छ, जाडो लागे पनि रोइदिन्छ । दुखे पनि रोइदिन्छ, बिमार लागे पनि रोइदिन्छ । बच्चाको मुख्य गुण चाहिँ निष्कपट रूपमा हाँस्नु नै हो । त्यो अबोध हाँसोले जस्तै मान्छेलाई पनि आनन्द दिन्छ । ऊ चोर, डाका, हत्यारा, जाली, फटाहाको अगाडि पनि त्यसरी नै हाँसिदिन्छ जसरी आफ्नी आमा, आफन्तजन, वा साधु, सन्त, महात्मा आदिको अगाडि हाँस्ने गर्छ । बच्चामा हुने अबोधता, सरलता र कोमलताका कारण नै उसलाई सबैले माया गर्छन् । तर, ठूलो हुँदै गएपछि मान्छेले यी कुराहरू गुमाउँदै जान्छ अर्थात् माया, प्रेम पाउन अयोग्य हुँदै जान्छ तर उसलाई त्यसको सधैं खाँचो हुन्छ । ठूलो भएपछि सबैजना प्रेम पाउन त खोज्छन् तर त्यसका लागि अयोग्य भइसकेका हुन्छन् । सबैजना प्रेमको तिर्खालु तर दुर्भाग्य १ अरूलाई दिने प्रेम कोहीसँग हुँदैन । यतिबेला आफ्नो र पराई छुट्याएर कसैलाई प्रेम गर्ने प्रयास गरिन्छ त कसैलाई घृणा । त्यसरी छुट्याउँदा आफ्नाहरूभन्दा बढी पराईहरू बढी फेला पर्छन् अनि त प्रेमभन्दा घृणा बढी हुन्छ । यही कारण त संसारमा घृणाले जितेको छ प्रेमलाई । यही कारण त जताततै अशान्तिको साम्राज्य छ । अतः प्रेम पाउनु छ भने प्रेम पाउन योग्य बन्नु आवश्यक छ । त्यसका लागि बच्चालाई हेरेर हामी सिक्नसक्छौं । बच्चामा हुने सरलता, कोमलता र निष्कपटता हामीमा हुने हो भने पक्कै पनि हामी अरुबाट प्रेम पाउन सक्छौं र अरूलाई पनि समान रुपमा प्रेम दिनसक्छौ ।
फूलबाट फूल दिने
0
फूलबाट फूल दिने यस खालको मान्छे असल हुन्छ र समाजका लागि केही राम्रो गरौं भन्ने भावना भएको हुन्छ । ऊ सदा आफ्नो कार्यमा समर्पित हुन्छ र अरूलाई मद्दत गर्न पाउँदा खुसी हुन्छ । अरूसँग सधैं प्रेमपूर्वक व्यवहार गर्छ र सबैलाई समान ठान्छ । ऊ गुणग्राही गुण देख्ने स्वभावको हुन्छ । उसको दृष्टिकोण सधैं सकारात्मक हुन्छ । आफ्नो स्वार्थको लागि अरूलाई दुःख दिने प्रयास ऊ कहिल्यै गर्दैन । सरलता, निष्कपटता, उदारता, हार्दिकता, स्वच्छता, नम्रता, अनुशासनशीलता उसको विशेषता हुन्छ । यस खालका मानिसहरू समाजमा थोरै मात्र पाइन्छन् ।
- फूलबाट काँडा दिने
Tags : फूलबाट - फूल - दिने
फूलबाट काँडा दिने
0
फूलबाट काँडा दिने
फूलबाट काँडा दिनेअरूलाई दुःख दिएर आफू हाँस्न खोज्नु, अर्काको खुट्टा तानेर आफू मात्र अगाडि बढ्न खोज्नु, अरुलाई सहायता गर्नुको सट्टा सताउन खोज्नु, अरूले गरेको उन्नति र प्रगतिमा इष्र्या गर्नु यस खालका मान्छेहरूका विशेषता हुन् । यस्ता मान्छेहरू सकारात्मक कुराको भन्दा नकारात्मक कुराको खोजी बढी गर्दछन्। तिनीहरूमा सहिष्णुता र सह-अस्तित्वको भावना पटक्कै हुँदैन । उनीहरूको चरित्र पनि राम्रो हुँदैन । धेरै कुरामा बेइमानी गरेरै उनीहरू अगाडि बढ्न खोज्दछन् । उनीहरू अरूबाट त विश्वास खोज्दछन् तर आफू चाहिँ कहिल्यै पनि विश्वासिलो काम गर्दैनन् । अरूबाट सधैं सहयोगको आशा गर्दछन् तर अरूलाई सहयोग गर्न आफू चाहिँ कहिल्यै अघि सर्दैनन्। अरूलाई गाली गर्न पाउँदा उनीहरू सन्तुष्ट हुन्छन् तर आफूले अरूबाट नम्र वचन नपाए चिढिन्छन्। तर विडम्बना १ वर्तमान समाजमा धेरै मान्छे यही खालका पाइन्छन्।
फूलको बोट मात्रै भएर रहने
0
फूलको बोट मात्रै भएर रहने यस्ता मानिसहरू अत्यन्तै आत्मकेन्द्रित हुन्छन् । उनीहरू न कसैलाई हानि पुर्याउँछन् न त फाइदा नै । उनीहरूको स्वभाव एकदमै तटस्थ हुन्छ । उनीहरूलाई असल भन्न पनि सुहाउँदैन र खराब भन्न पनि मिल्दैन । अरुले जे गरे पनि उनीहरूलाई कुनै चासो हुँदैन । यस खालका मानिसहरूसँग तर्क गर्ने, विचार गर्ने र निर्णय गर्ने क्षमता कम हुन्छ । उनीहरूको जीवन एकदमै गतिहीन र सुषुष्त प्रकारको हुन्छ । एक हिसाबले उनीहरूलाई फूल नफुल्ने काँढा नभएको बिरुवासँग तुलना गर्न सकिन्छ । यस खालका मानिसहरू पनि समाजमा निकै पाइन्छन् ।
धर्म र आध्यात्मिक क्षेत्रमा रहेका संभावित भिन्नताहरू के के हुन् ?धर्म र आध्यात्मिक क्षेत्रमा रहेका संभावित भिन्नताहरू के के हुन् ? - धर्म कर्मकाण्डसहित आउँछ तर अध्यात्मले त्यसलाई प्राथमिकता दिँदैन । एकजना ...
More Related Articles...
|
अरूलाई पुर्याउने चोट२। अरूलाई पुर्याउने चोट यस किसिमको चोटको बारेमा धेरै व्याख्या गरिरहनु आवश्यक छैन किनकि, यसबारे सबैलाई थाहा छ । वर्तमान समाजमा रहेका ...
More Related Articles...
Tags : अरूलाई - पुर्याउने - चोट |
- सबै - पाथ - god - path - प्रेमबाद - संभावित - भने - gogangel - चोट - सबैभन्दा - भाग - बढिरहनु - does - लिन्छन् - पाथले - सुनोस् - hour - प्रेमको - ॐनन्द - दौडमा - त्यस - जित्ने - कुन - दर्शन - श्री - यदि - काँडा - गुरुहजुरसँग - भावनाले - हेभेन्ली - सकु - बोट - miracle - हाम्रो - स्वामी - फर्कनु - सवै - pic - धर्ममा - अभियान - रहने - दिने - महत्त्व - अरुको - changed - पाउन - दीनदुःखिहरुको - यात्रीहरू - आशाले - सच्याउने - मार्गी - hpo - मान्छेको - बिषयमा - संस्कारको - बन्नुहोस् - सुप्रिम - हुन् - छुट्टै - मात्रै - जीवनलाई - poem - खराब - नराम्रो - सत्य - ठीक - निशुई - har - अमरवाणी - life - फूलको - हुन - बिश्व - प्राण - आवाज - रोपेर - आध्यात्मिक - लागि - मुक्ति - nepali - हेवेंली - सेवा - एकजनाले - धर्म - मास्टर - भावना - कुराकानी - तपस्वी - अघि - बसोवास - गड्यान्जलज्यूबाट - विवाह - कसको - फूल - ब्रामकोटमा - सक्छन् - sewangmee - हाँक्ने - guruhajur - क्षेत्रमा - समाज - भएर - प्रेम - खराव - उपचार - उपाय - तपाईं - सत्यको - org - काडा - वाल - master - सम्पन्न - हिजो - पानी - guru - आमशः - शान्तिको - यसले - राम्रो - भावी - heavenly - भजन - पुर्याउने - चिन्ता - मानब - दरवार - घारीमा - ईश्वर - भिन्नताहरू - प्रेश - भएका - विज्ञप्ति - प्रवचन - रहुन्जेल - परिचय - सेवाङमी - गर्न - केवल - सम्पादकीय - जीवन - योग्य - अल्छीपनलाई - suprem - खोजिमा - सङ्गत - सृष्ट्रिकालदेखि - खालको - अध्यात्म - मुट्ठीभर - गुरुहजुर - चर्चको - फूलबाट - कारणहरू - अरूलाई - सुचना - जित्छ - सत्गुरू - angel - मान्छे - पक्ष - रहेका - कानले - गजल - logo - पछाडिका - गर्ने - everest - hajur - स्वर्गिक - धर्महरूमा









आापको
